विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सामाजिक संजाल टिकटक माथि सरकारको कडाई, यी कार्य गरे जेल सजायँ हुने

754
shares

काठमाडौं । सरकारले टिकटक लगायत सामाजिक सञ्जालमाथि कडाईं गर्ने निर्णय गरेको छ । टिकटकमा प्रतिनिधि सहित सुरक्षा अधिकारीहरुको गृह मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयले आज बिज्ञप्ति जारी गरी सामाजिक सदभाव बिगार्ने र चरित्र हत्या गर्ने गरी टिकटक बनाएको पाइएमा स्वतः हटाउने र कानूनी दायरामा समेत ल्याउने निर्णय भएको जनाएको छ ।

‘टिकटक मार्फत सामाजिक सदभाव बिगार्ने, घृणा तथा बिद्वेस फैलाउने, बिशिष्ट ब्यत्तिःहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सदभाव बिगार्ने र अश्लिल खालका गतिबिधि तथा सामाग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने ब्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन सहज भएको छ,’ गृह मन्त्रालयका प्रवक्त सहसचिव नारायणप्रसाद भट्टराईले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ । भट्टराईका अनुसार टिकटकको कार्यालय सिंगापुरका प्रतिनिधि, गृह, सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय र सुरक्षा निकाय सहित बसेको बैठकले टिकटकमा आपत्तिजनक सामाग्री पोष्ट भइरहेको निश्कर्ष पनि निकालिएको छ ।

गृह मन्त्रालयले अव टिकटकको नाममा भइरहेको आपत्तिजनक कार्यलाई छुट नदिने भन्दै बिज्ञप्तिमा भनेको छ, ‘अतः जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामुलक र सामाजिक सदभाव नबिगार्ने सामाग्री मात्र प्रकाशन, प्रशारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेबापत हुने कानूनी कारवाहीबाट बच्न पनि सम्बन्धित सवैमा अनुरोध गरिन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports