प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

1.34K
shares

जितसहित पाकिस्तान समूह विजेता, सेमिफाइनल समीकरण पूरा

काठमाडौं । कप्तान बाबर आजम र शोएब मलिकको अर्धशतकप्रेरित पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकपमा आइतबार राति स्कटल्यान्डलाई ७२ रनले पराजित गरेको छ । लिग चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई हराएसँगै पाकिस्तानले समूह ‘दुई’को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

यससँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । पाकिस्तानले अब समूह ‘एक’को उपविजेता अष्ट्रेलियासँग फाइनल प्रवेशका लागि खेल्नेछ भने समूह ‘दुई’को उपविजेता न्युजिल्यान्डले समूह ‘एक’को विजेता इङ्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

शारजाह क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले ब्याटिङ थालेको पाकिस्तानले निर्धारित चार विकेट गुमाएर १८९ रन बनाएको थियो । १९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ६ विकेट गुमाएर ११७ रनमात्र जोड्न सक्यो ।

 

जितसँगै पाकिस्तानले लिग चरणको पाँचै खेलमा जित निकाल्न सफल भएको छ । पाकिस्तान १० अंकका साथ शीर्ष स्थानमा रह्यो । आजै अफगानिस्तानले आठ विकेटले हराएको न्युजिल्यान्ड आठ अंकका साथ दोस्रो स्थानमा छ ।

पाकिस्तानका बाबर आजमले ४७ बलमा पाँच चौका र तीन छक्कासहित ६६ रन बनाए । मलिकले १८ बलमा एक चौका र ६ छक्कासहित अविजित ५४ रन बनाए । यी दुई जनाबाहेक मोहम्मद हफिजले ३१ रन बनाए । ओपनर मोहम्मद रिजवानले १५ रन जोडे । स्कटल्यान्डका क्रिस ग्रेभेसले दुई तथा सफयान शरिफ र हम्जा ताहिरले एक एक विकेट लिए ।

१९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डका रिची बेरिङटनले अविजित ५४ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ओपनर जर्ज मुन्सेले १७ र माइकल लास्कले १४ रन बनाए ।

पाकिस्तानका शाडब खानले दुई विकेट लिँदा शाहीन शाह अफ्रिदी, हारिस रौफ र असन अलीको नाममा एक एक विकेट रह्यो । लिग चरणको खेलमा भारतले नामिबियाविरुद्ध खेल्नेछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports