सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानन्यायाधीशले आफैँलाई इजलास तोके पछि न्यायाधीशहरू इजलास नजाने

546
shares

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफैँलाई इजलास तोकेपछि न्यायाधीशहरू इजलासमा नजाने भएका छन् ।

प्रधानन्यायाधीश जबरालेआजका लागि ६ वटा इजलास गठन गरेर सातवटा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । तर, यसअघिको सहमतिविपरीत प्रधानन्यायाधीश जबराले आफैँमा इलजास तोकेकोेकोमा आज पनि इजलासमा आन्दोलित न्यायाधीशहरू नजाने भएका छन् ।

विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, वमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र डा। कुमार चुडाल, तेज बहादुर केसी र नहकुल सुवेदीको इजलासमा एक एकवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइका लागि तोकिएको छ भने प्रधानन्यायाधीश जबरा र न्यायाधीश डा। कुमार चुडालको इजलासमा दुईवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा छन् ।

तर, प्रधानन्यायाधीश जबराले आफैँलाई इजलास तोकेको भन्दै न्यायाधीशहरू इजलासमा नजाने भएका हुन् ।

प्रधानन्यायाधीशले आफूलाई इजलास नतोक्ने बताएपछि हामी इजलासमा जाने भएका थियौँ’, एक न्यायाधीशले भने, ‘तर, आज आफैँले उहाँले इजलास तोक्नु भएकाले हामी नजाने भएका छौँ । अहिले पनि हामीहरू थप रणनीति बनाउन छलफल मै छौँ ।’

जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports