होला त पाँच दलिय गठवन्धनमा न्यायालय संकट बारे छलफल
वि.सं.२०७८ कात्तिक २२ सोमवार १५:१८
shares

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाइएको छ । आज साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुनेछ ।
पाँच दलीय गठबन्धनमा रहेका चार दल सरकारमा छन् । गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सरकारमा रहेपनि राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गरिरहेको छ । स्रोतका अनुसार सरकार सञ्चालनमा सहयोग गर्न पाँच वटै दलका नेताहरु सम्मिलित संयन्त्र बनाउने विषयमा छलफल हुन सक्नेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई प्रभावकारी बनाउन संयन्त्र गठन गर्नुपर्ने बताउदै आएका छन् ।यसमा समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहमत छन् ।आज बिहान सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष नेपालबीच छलफल समेत भएको बुझिएको छ । पाचँ दलिय गठवन्धनको वैठकमा न्यायालयभीत्र भईरहेको संकटका वारेमा समेत छलफल हुनसक्ने सम्भावना रहेको छ ।
































