विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आलु र प्याजमा भ्याट लाग्दैन : आन्तरिक राजश्व विभाग

650
shares

काठमाडौँ । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा भ्याट (मूल्य अभिवृद्धि कर) नलाग्ने स्पष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै व्यापारीले चार दिनदेखि सो वस्तुको कारोबार ठप्प गरेपछि विभागले आज एक सूचना जारी गरी आलु र प्याजको बिक्रीमा भ्याट नलाग्न प्रस्ट पारेको हो ।

‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरूप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने ब्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले आर्थिक विधेयक–२०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याज (सुकेको बाहेक) मा १३ प्रतिशत भ्याट लगाएको थियो । सोको असर नेपाली उत्पादनमा परेको भन्दै व्यवसायीले आलु र व्याजको कारोबार ठप्प गरेका थिए ।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports