विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीको सचिवालयले दियो झुठो प्रचार गरे कानूनी कारबाही गर्ने चेतावनी

702
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । केहीदिन अघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकामा सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालय माथि लगाइएका त्यस्ता आरोपको पुष्टि गर्न चुनौतीसमेत दिएका छन् । यसै विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट झुट्टा प्रचार भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले यसप्रकारका दुस्प्रचारबाट भ्रमित नहुन सबैमा आग्रह गरेका छन् ।

कानुन विपरित एनसेलको शेयर खरिदबिक्री प्रक्रिया अघि बढाउन सक्रिय समूह गैरकानुनी कार्य रोक्न लागि परेको सरकार विरुद्ध नै झुट्टा प्रचारवाजीमा उत्रिएको भन्दै सल्लाहकार आचार्यले सरकारले एनसेलको अवैध कार्य रोक्ने र गैरकाननुनी कार्यमा संलग्नमाथि कडा कानुनी कारबाही गर्ने स्पष्ट पारे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports