विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यू–१९ एसिया कपमा नेपाल अफगानिस्तान सँग ७३ रनले पराजित

585
shares

काठमाडौं । यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । अर्जुनले १०८ बल खेल्दा १३ चौकाको मद्दतमा ९१ रन बनाए पनि लगातार विकेट जाँदा नेपाल ४०.१ ओभरमा अलआउट भयो ।

कुमालले नेपालका सबै ब्याट्सम्यानसँग साझेदारी गरे । तर कसैले पनि बलियो साथ दिन सकेनन् । २६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दिपेश कँडेलले ११ रन जोडे । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका लगि अस्मिद जर्दानले शतकीय पारी खेलेका थिए । विकेट किपर नुमान शाह आगाले विस्फोटक ६० रन जोडेका थिए ।

नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डरीले दुई/दुई विकेट लिएका थिए भने आकाश चन्द र दिपेश कँडेलले एक/एक विकेट लिएका थिए । एसियाकपमा नेपालको यो दोस्रो हार हो । यसअघि शुक्रबार पाकिस्तानसँग नेपाल पराजित भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports