विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

७ सचिवको सरूवा, को कहाँ ?

507
shares

काठमाडौं । सरकारले ७ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालयअन्तर्गत विभिन्न निकायमा कार्यरत सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार खानेपानी मन्त्रालयका सचिव रामआधार साहको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ । केन्द्रमा रहेका सुरेश आचार्य खानेपानी मन्त्रालय सरुवा भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका जलस्रोत तथा सिंचाइ सचिव गोपालप्रसाद सिग्देललाई मन्त्रालयकै ऊर्जा सचिवमा सरुवा गरिएको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले अनिवार्य अवकाशमा जानु अघि नै राजीनामा दिएपछि उक्त पद रिक्त थियो । स्रोतका अनुसार केही दिनअघि मात्रै सचिवमा बढुवा भएकी सरिता दवाडी जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएकी छन् । उक्त आयोगमा रहेका सुशीलचन्द्र तिवारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सिंचाइ सचिवमा सरुवा भएका छन् ।

यसैबीच कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् । १६ महिनाअघि २०७९ साउन १९ गते सहसचिवबाट सचिवमा बढुवा भएका काफ्लेको लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन भएको थियो । उनले लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिव भएर २०७९ भदौदेखि २०७९ चैत्रसम्म आठ महिना जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनको लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिवबाट कोशी प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएको थियो । कोशी प्रदेशको दशौं प्रमुख सचिवका रुपमा उनले २०७९ चैत २० गतेदेखि जिम्मेवारी सम्हालेका थिए । कोशी प्रदेश प्रमुख सचिवको जिम्मेवारी उनको आठ महिना भएको छ ।

कतिपय सचिव बढुवा भएपछि सिंहदरबारमै पदस्थापन भएर बस्ने गरेको भए पनि काफ्लेले भने बढुवा भएको १६ महिनासम्म पनि सिंहदरबार प्रवेश गरेनन् । दुई वटा प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका उनीभन्दा पछि सचिव बढुवा भएका नारायणप्रसाद शर्मा यसअघि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएर वाणिज्य तथा आपूर्ति सचिव भएका छन् । उनलाई सरकारले एक महिनाअघि सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवबाट मन्त्रालयमा ल्याएको थियो । यद्यपि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रामकृष्ण सुवेदीले पनि यसअघि मधेश र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेपछि मात्रै सिंहदरबार प्रवेश पाएका थिए ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थले पनि २१ महिना गण्डकी प्रदेशको प्रमुख सचिव भएर पछि सिंहदरबार प्रवेश पाएका थिए ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काफ्लेको सरुवा भएसँगै उक्त मन्त्रालयमा रहेका सचिव भरतमणि सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिव पद रिक्त थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिव सरुवाको सूची मिलाउने कार्य अझै जारी रहेकाले कतिपय सचिवको हकमा मन्त्रालय तथा निकाय हेरफेर पनि हुन सक्नेछ । उनले सरुवा भएका सचिवले शुक्रबारमात्रै पत्र दिने तयारी भएको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports