त्रिभुवन विश्वविद्यालयमा भागबन्डा नभई मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपिल : प्रधानमन्त्री दाहाल
वि.सं.२०८० पुस २ सोमवार १६:४२
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहले विश्व इतिहासमै नयाँ रेकर्ड बनाएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमवार दीक्षान्त समारोहमा सहभागी भए लगत्तै सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने– ‘आजको यो दीक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दीक्षान्त समारोहको तमाम शृङ्खलामा एउटा रेकर्ड हुन गयो।’
प्रधानमन्त्रीले विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डाको अन्त्य गर्ने र मेरिटको आधारमा उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले त्यसका लागि खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आव्हान समेत गरेका छन् ।उनले भने, ‘आज म यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने, मेरिटको आधार उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईंहरूको अगाडि व्यक्त गर्दछु। यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आव्हान पनि गर्दछु।’
उनले राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबन्डा नभई मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपिल समेत गरेका छन् ।




































