सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आन्दोलनको नेतृत्व अध्यक्ष लिङदेन नै गर्नु पर्ने सुझावमा राणा असन्तुष्ट

429
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा निकट भविष्यमा पार्टीले गर्ने भनिएको आन्दोलनको कमाण्डर अध्यक्ष राजेन्द्र लिङ्देन नै बन्नुपर्ने सुझाव आएको छ । काठमाडौँमा जारी बैठकको सात समूहमा भएको छलफलमा दुई समूहका संयोजकले हिन्दुराष्ट्रसहित पार्टीको एजेण्डा स्थापित गर्ने उद्देश्यका साथ गरिने आन्दोलनमा अध्यक्ष नै कमाण्डर हुने धारणा राखेका हुन् ।

हाल आन्द्योलन परिचालन समितिको संयोजक धवलशमशेर राणा रहेको र उनकै नेतृत्वमा आन्दोलनमा जाने आम नेता कार्यकर्ताको बुझाइ भएपनि बैठकमा फरक धारणा आएको एक केन्द्रीय सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार कोशी र गण्डकी प्रदेशको संयोजकबाट अध्यक्षकै नेतृत्वमा आन्दोलनमा जानुपर्ने धारणा आएको हो । यसैगरी २ वटा प्रदेशले राणाको पक्षमा रिपोर्ट दिएको छ भने तीन वटाले चाहिँ मिश्रित रिपोर्ट दिएको छ । मिश्रित रिपोर्टमा समग्र आन्दोलनको परिचालन अध्यक्ष र केन्द्रीय समिति तथा अन्य संयोजन राणाले गर्ने भन्ने आएको ती केन्द्रीय सदस्यले बताए ।

तर, महामन्त्री धवलशमशेर राणाले भने आफ्नै नेतृत्वमा आन्दोलनमा जानुपर्ने धारणा राख्ने गरेको नेताहरुको भनाइ छ । उनले जारी केन्द्रीय समिति बैठकमा पनि फरक निर्णय हुने अवस्था आए भोटिङ हुनुपर्ने धारणा राखेको स्रोतको दाबी छ। स्रोतका अनुसार लिङ्देनकै योजनाअनुसार बैठकमा राणाको विपक्षमा कुरा उठेपछि राणापनि सशंकित बनेका छन् ।राप्रपाले सम्भवतः फागुनतिरबाट हिन्दुराष्ट्रको पक्षमा आन्दोलनमा जानेगरी योजना बनाएको छ । त्यो बीचमा आन्दोलनको तयारी हुने बताइएको छ ।

यसैबीच जारी केन्द्रीय कार्यसमितिको बैठकमा समूहगत छलफल सकिएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । आइतबार सुरु बैठकमा प्रस्तुत समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी रणनीति, आन्दोलन सम्बन्धि कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदनमाथि सातवटै प्रदेशको छुट्टाछुट्टै समूह विभाजन गरी समूहगत छलफल भएको उनको भनाइ छ ।

समूहगत छलफलको प्रतिवेदन पूर्ण बैठकमा पेश भएको पनि उनले बताए । समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्य रोशन कार्की, मधेश प्रदेशमा वरिष्ठ उपाध्य बुद्धिमान तामाङ, बागमति प्रदेशमा वरिष्ठ उपाध्य बिक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धब पौडेलले संयोजन गरेको बताइएको छ ।समूहगत छलफलको प्रतिवेदनको आधारमा विभिन्न निर्णय गर्दै बैठक मंगलबार सम्पन्न हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports