पश्चिमी वायुको प्रभाव : आज यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना
वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:३४
shares

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा अधिकांश बादल लागेको छ र बाँकी भू–भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र कर्णाली प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू–भागका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा अधिकांश बादल लाग्ने र तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू–भागका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।






































