सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनकपुरमा प्रहरी र स्थानीयबीच झडप

403
shares

 

जनकपुरधाम – जनकपुरधाम उप(महानगरपालिका २० देवपुरा रुपैठामा धार्मिक सद्भाव भड्किएर स्थानीय र प्रहरीबीच झडप भएको छ। देवपुरास्थित तेलिया पोखरीमा हिन्दुहरुको छठ पर्वमा घाट बनाउने विषयमा तथा मन्दिरको जग्गा अतिक्रमणको विषयमा भएको विवादमा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन्।

छठ पर्वमा धार्मिक सद्भाव बिग्रिने किसिमले भएको दुई पक्षीय विवादको क्रममा शनिबार केही व्यक्तिको समुहले मोटरसाइकल जुलुशसहित प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। हस्तक्षेपको क्रममा स्थानीय र प्रहरीबीच दोहोरो ढुङ्गा हानाहान भएको धनुषाका प्रहरी उपरीक वसन्त राजौरेले जानकारी दिए।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार छठका दिन भएको दुई पक्षीय झडपको अवस्थालाई नियन्त्रणमा लिइ शान्ति कायम गर्ने दुवै पक्षबाट सम्झौता भए पनि आज पुनः धार्मिक र्‍याली सहितको नारा जुलुस गएपछि स्थितिलाई नियन्त्रणमा लिन र दोहोरो झडप हुन नदिन प्रहरीले हस्तक्षेप गरेको थियो। हस्तक्षेपको क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।

सोही क्रममा स्थानीयको ढुङ्गा लागेर दुई प्रहरी जवान र एक स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

निषेधाज्ञा जारी

हिन्दु मुस्लिम समुदायबीच दुई पक्षीय झडपको स्थितिलाई नियन्त्रणमा लिन जनकपुरधाममा निषेधाज्ञा जारी गरिएको छ। जनकपुरधाम उप(महानगरपालिका २० देवपुरा रुपैठामा केही व्यक्ति तथा समुदायले सम्रदायिकतामा खलल पुग्ने गरी तथा सद्भाव खलल हुने गरी नारा जुलुस निकालेपछि निषेधाज्ञा जारी गरिएको हो।

शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ। देवपुराको पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही दोबाटो, उत्तरमा हनुमाननगर बहुअर्बा जाने बाटो र दक्षिणमा निमचोकदेखि बहुअर्बा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाल बास्तोलाले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports