नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेसका नेताको अध्यक्षतामा बीरगंजमा पूर्व राजा ज्ञानेन्द्र शाहको अभिनन्दन हुने

637
shares

वीरगंज: नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका संस्थापक संयोजक, नेपाली काँग्रेसका वरिष्ठ नेता, वरिष्ठ राजनीतिज्ञ एवं वरिष्ठ अधिवक्ता देवेन्द्र लाल नेपालीको अध्यक्षतामा वीरगंजमा पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवको नागरिक अभिनन्दन गरिने भएको छ । श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिले बिहीबार वीरगंजमा एक पत्रकार सम्मेलनको आयोजना गरि राजा ज्ञानेन्द्रलाई वीरगंजमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

समितिका महासचिव, राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता एवं युनेस्को संस्थाहरूको महासंघका पूर्व उपाध्यक्ष हिराबहादुर चन्दले सो पत्रकार सम्मेलनमा मध्य तराईको पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाको र्धािर्मक कार्यक्रममा रहेका राजा ज्ञानेन्द्रलाई माघ १३ गते वीरगंज स्थित लाल बंगला परिसरमा भव्य एवं सभ्य रुपमा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको बताउनु भयो । महासचिव चन्दले पूर्व राजा ज्ञानेन्द्र पौष २८ गते सर्लाहीको बरहथवास्थित मुक्तेश्वर महादेव मन्दिर, माघ २ गते रौतहट शिवनगरस्थित शिव मन्दिर र माघ ४ गते गढीमाई मन्दिरमा पूजा आजाको लागि सिमरा आइबक्सेको अवसरमा माघ १३ का दिन वीरगंजमा पनि नागरिक अभिनन्दन गर्ने तयारीमा लागेको बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रिय सरोकार मञ्च, राष्ट्रिय शक्ति नेपाल, नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद, शिव सेना नेपाल, बीर गोर्खाली अभियान, राष्ट्रवादी शान्ति समुह, मुस्कान सेना नेपाल, राजभक्त राष्ट्रवादी समुह, विश्व हिन्दु महासंघ, राष्ट्रवादी नागरिक समाज, राजसंस्था पुर्नस्थापना संघर्ष समिति, विश्व हिन्दु परिषद, रा प्र पा नेपाल, नेपाल जनतापार्टी, बजरंगदल तथा २०४७ को संविधान हाम्रो अभियान सहितका राजनीतिक दल तथा संघसस्थाहरुका प्रतिनिधिहरु समितिका संयोजक तथा सदस्यहरुले संयुक्त रुपमा राजा ज्ञानेन्द्रको अभिनन्दन गर्ने महासचिव चन्दले बताउनु भयो । पत्रकार सम्मेलनमा वरिष्ठ समाजसेवी पशुपति विक्रम शाह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, उद्योगपति राजकुमार सिन्धीलगायत विभिन्न राष्ट्रवादी संघसंथाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports