२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेयर बजार झन्डै १७ अङ्कले बढ्यो, सात अर्ब ३७ करोड रुपैयाँको कारोबार

806
shares

काठमाडौ । शेयर बजार परिसूचक नेप्से आज आज पनि बढेको छ । नेप्से आज १६ दशमलव ९५ अङ्कले बढेर दुई हजार आठ सय एक दशमलव ५२ विन्दुमा पुगको छ । आज बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ ।

विकास बैंक, बीमा, उत्पादन, लगानी र म्युचल फन्ड समूहको शेयर भने ओरालो लागेको छ । आज दुई सय २४ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर सात अर्ब ३७ करोड रुपैयाँमा कारोबार भएका छन् ।

 

सबैभन्दा धेरै नेपाल टेलिकमको ५८ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज पञ्चकन्यामाई हाइड्रो, अपर तामाकोशी जलविद्युत्, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि बोटलर्स नेपाल र महालक्ष्मी विकास बैंकको शेयर झन्डै साढे सात प्रतिशतले घटेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports