नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्रीलाई भेट्ने

1.03K
shares

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्री देउवासँग आज बालुवाटारमा भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले पनि आज अमेरिकी सहायक विदेशमन्त्रीसँग प्रधानमन्त्रीको भेटवार्ता हुने जानकारी दिएको छ ।

अमेरिकी राजदूतावासले जारी गरेको विज्ञप्तिमा सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने उल्लेख छ ।

आजै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने कार्यक्रम छ । उनले नेपाली अधिकारी र नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।
नेपालमा एमसीसी परियोजनाबारे विवाद बढिरहेका बेला अमेरिकाका दुई उच्च अधिकारीहरु नेपालमा आएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports