सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कैलालीमा बलत्कारका मुद्दा अत्यधिक

520
shares

कैलालीमा यौन दुव्र्यवहारका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको हालसम्म जिल्लामा महिलामाथि यौन दुव्र्यवहारसम्बन्धी ५४ मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार जबर्जस्ती करणी (बलात्कार) शीर्षकअन्तर्गत ३३ वटा र जबर्जस्ती करणी उद्योग (बलात्कारको प्रयास) शीर्षकमा २१ वटा मुद्दा दर्ता भएका छन् । दुवै शीर्षकमा ६४ जनाविरुद्ध मुद्दा चलिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए ।

जबर्जस्ती करणीमा ४१ जना र जबर्जस्ती करणी उद्योगमा २३ जनाविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा चलाइएको उनले बताए । यीमध्ये १० जना फरार छन् । गएको वर्ष जबर्जस्ती करणीमा ४१ वटा र जबर्जस्ती करणी उद्योगमा २५ वटा मुद्दा दर्ता भएका थिए ।

पीडितमैत्री कानुनी व्यवस्था रहेको मुलुकी संहिता लागू भएपछि प्रहरीमा जाहेरी दिनेको संस्था बढेको प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए । बलात्कृत भएको सार्वजनिक हुँदा बेइज्जत हुने भयले घटना लुकाएर राख्ने र मिलापत्रमा टुंग्याउने गरिएकामा अहिले पीडितलाई संरक्षण गर्ने गरी कानुनी व्यवस्था भएपछि पीडित खुल्न थालेको प्रहरीको बुझाइ छ ।

‘बलात्कारका घटना पहिले बाहिर आउँदैनथे । भित्रभित्रै मिलाइन्थ्यो । पीडितमैत्री कानुन व्यवस्था नहुँदा धेरै पीडित खुल्न चाहँदैनथे,’ प्रहरी उपरीक्षक तिम्सिनाले भने, ‘अहिलेको कानुनले पीडितलाई संरक्षण गरेको छ । त्यसैले, प्रहरीमा जाहेरी दिनेको संख्या बढ्न थालेको हो ।’

पीडितमध्ये बालिका, किशोरी, अपांगता भएका बोल्न नसक्ने बढी रहेको प्रहरी तथ्यांकले देखाउँछ । बलात्कारबाट जोगिनेबारे जिल्ला प्रहरी कार्यालयले स्कुल सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको तिम्सिनाले जानकारी दिए । आफन्त र छिमेकीबाटै बालिकाहरू बलात्कृत भएका घटनाहरू बढी देखिएकाले अभिभावक पनि सचेत हुनुपर्ने अधिवक्ता तुलाधरको सुझाब छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports