linktrix Long Ad
Salt Trading Long Ad

एमालेले के राजसंस्था पुनस्थापित गर्छु भन्ने व्यक्तिलाई निर्वाचित गराएर त्यो आन्दोलनलाई राष्ट्रिय सभामा प्रवेश गराउन चाहेको हो ? : गगन थापा

754
shares

विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रियसभा चुनावमा राप्रपासँग गरेको तालमेललाई लिएर एमाले माथि प्रश्न गरेका छन् । उनले राजसंस्थाको मुद्दा राष्ट्रिय सभामा प्रवेश गराउन खोजेको हो भनेर प्रश्न गरेका हुन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा एमालेले राप्रपासँग तालमेल गरेको छ । विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले निर्वाचन परिणामबारे आशंका नरहेको बताए । तर चुनावी परिणाम जे आएपनि राप्रपासँग गरेको तालमेललाई लिएर एमालेले जवाफ दिनुपर्ने बताए । राप्रपाले फागुनबाट राजसंस्था पुनस्र्थापना गर्छु भनेर आन्दोलन घोषणा गरेको भन्दै उनले एमालेलाई प्रश्न गरे, ‘एमाले राप्रपा उम्मेदवार जितोस भन्ने चाहान्छ । एमालेले के राजसंस्था पुनस्थापित गर्छु भन्ने व्यक्तिलाई निर्वाचित गराएर त्यो आन्दोलनलाई राष्ट्रिय सभामा प्रवेश गराउन चाहेको हो ।’

परिणाम सत्ता गठबन्धनको पक्षमा आउने दाबी गरेका उनले नैतिक कसीमा चुकेको बताए । एमालेलाई राजनीतिक प्रश्न रहिरहने भन्दै महामन्त्री थापाले भने भने, ‘नैतिक कसीमा नेकपा एमाले पटक-पटक चुकेको छ, फेरि चुक्यो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports