linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचारप्रसारका गतिविधि भएको विषयमा मोरङका सीडीओलाई काट्यो २४ घण्टे पत्र

611
shares

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मौन अवधिमा निर्वाचन प्रचारप्रसारका गतिविधि भएको विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई २४ घण्टे पत्र काटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई आचारसंहिता उलङ्घन भए–नभएको बारेमा बुझेर प्रतिवेदन पेस गर्न पत्राचार गरिएको जानकारी दिए ।

मौन अवधिका बिच पनि केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको सूचना प्राप्त भएपछि आयोगले सीडीओलाई प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । बिहीबार हुने निर्वाचनका लागि आयोगले माघ ८ गते राति १२ बजेपछि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलको भ्रातृ संगठन वा अन्य व्यक्ति तथा संघ संगठनले पालना गर्नुपर्ने विशेष आचरण जारी गरेको थियो । जसअनुसार उक्त अवधिमा राष्ट्रिय सभा सदस्य निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था भए पनि सो विपरीत हुने गरी मोरङको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट आयोगमा प्राप्त हुन आएको पौडेलले जानकारी दिए ।

‘यस सम्बन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन ? सत्य तथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेस गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सम्बन्धित सबैलाई निर्वाचन आचार संहिता पालना गर्न पनि अपिल गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports