kumari
stcnepal

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा प्रसाई

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले राजीनामा दिएर बाहिरिएपछि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईंले पाएका छन् । वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका प्रसाईंलाई सञ्चालक समितिको हिजैको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको हो ।

चार्टर्ड अकाउण्टेन्टसमेत रहेका प्रसाई तत्कालीन प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । जब प्रभू लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स एकापसमा मर्ज भए, मर्जरपछिको एकीकृत प्रभू महालक्ष्मी लाईफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रसाईले जिम्मेवारी सम्हालिरहेका थिए । उनले नेपाल लाईफ इन्स्योरेन्समा समेत प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ ।

footer