सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल स्काउटको निर्वाचन प्रक्रिया स्थगित नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

351
shares

काठमाडौँ । नेपाल स्काउटको निर्वाचन प्रक्रिया स्थगित नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल स्काउटको तदर्थ समितिले आगामी माघ २७ गतेका लागि नेपाल स्काउटको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो । नयाँ समिति चयन गर्न हुन लागेको निर्वाचन रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएपछि युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन स्थगित गर्न निर्देशन दिएको थियो ।मन्त्रालयको निर्देशनपछि तदर्थ समितिका अध्यक्ष रहेका लोक बहादुर भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गर्दै निर्वाचन प्रक्रियालाई अवरोध नगर्न अन्तरिम आदेशको माग गरेका थिए ।

सोही रिटमाथि मंगलबार भएको प्रारम्भिक सुनुवाइमा निर्वाचन तालिका यथा अवस्थामै राख्न विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश छलफलका लागि बोलाएको हो । सर्वोच्चले अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने सम्बन्धमा दुई दिनको समय दिएर आगामी माघ २५ गतेको पेसी तोकेको छ । विपक्षीको तर्फबाट लिखित जवाफ नआए पनि माघ २५ गते सुनुवाइ भई अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने सम्बन्धमा सुनुवाइ हुन लागेको हो ।

यस मुद्दासँगै अन्य नेपाल स्काउटको सम्बन्धमा अदालतमा रहेका पाँचवटा मुद्दालाई एकैसाथ राख्न समेत आदेश भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports