kumari
stcnepal

बुल्गेरियामा बसमा आगलागी, ४६ जनाको मृत्यु

काठमाडौं ( बुल्गेरियामा बसमा आगलागी हुँदा ४६ जनाको जनाको ज्यान गएको छ ।बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

आगलागीमा बालबालिका पनि परेका छन् । टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको बसमा आगलागी भएको खबरमा उल्लेख छ ।

बसमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । स्थानीय प्रहरीकाअनुसार घटनास्थललाई सिल गरिएको छ ।

 

 

 

footer