kumari
stcnepal

कोरोनाबाट निधन भएका हकवाला परिवारलाई कोषले दियो एक करोड ६८ लाख

 

काठमाडौं । नागरिक लगानी कोषले कोरोनाका निधन भएका परिवारको हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

महामारीमा ज्यान गुमाएकाको परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराइएको कोषले जानकारी दिएको छ ।

कोषले २०७८ साउन ५ सम्म कोभिडबाट ज्यान गुमाएकाको परिवारलाई रकम उपलब्ध गराउँदै आइरहेको छ ।

हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचतवृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको कोषले जनाएको छ ।

 

footer