kumari
stcnepal

आइपीएल अप्रिलबाट सुरू हुने

 

काठमाडौं । भारतीय क्रिकेट बोर्ड ‘बीसीसीआई’ले इन्डियन प्रिमियर लिग ‘आइपीएल’को आगामी संस्करण २०२२ अप्रिलमा सुरु गर्ने योजना बनाएको छ ।

विश्व क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको खेलतालिका टुंगो नलागे पनि बीसीसीआईले मुख्य सरोकारवालालाई २ अप्रिलबाट चेन्नईमा प्रतियोगिता सुरु गर्ने योजना जानकारी गराएको छ ।

आठ टोलीको सहभागितामा ६० खेल हुने गरेको टी(२० प्रतियोगितामा आगामी १५औं संस्करणदेखि १० टोलीले ७४ खेलको प्रतिस्पर्धामा सहभागिता जनाउने पक्का भएको छ । बीसीसीआईले प्रतियोगिता दुई महिनासम्म सञ्चालन गर्ने योजनामा सरोकारवालासँग छलफल पनि सुरु गरिसकेको छ ।

आठ टोलीले सहभागिता जनाउँदै आएकोमा आगामी संस्करणदेखि गुजरातको अहमदावाद तथा उत्तर प्रदेशको लखनउबाट एकरएक टिम थप्ने निर्णय भइसकेको छ । प्रतियोगिताको समूह चरणमा सबै टिमले सात होम र सात अवे गरी कुल १४ खेल खेल्नेछन् ।

कोभिड(१९ महामारीका कारण आइपीएलको २०२० सिजन पूरै तथा २०२१ को आधा सिजन संयुक्त अरब इमिरेट्स ‘युएई’मा आयोजना गरिएको थियो ।

footer