सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानन्यायाधिश काण्डमा पाँच दलिय गठवन्धन पनि दोषी

533
shares

काठमाडौँ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै आन्दोलनमा रहेको नेपालवार एसोसिएसनलाई अन्य पेशागत संघ, संगठन र वृहत नागरीक आन्दोलनले पनि साथ दिएका छन् । नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जीनियस एसोसिएन, जनंस्वाथ संघ, नसिङ्ग एसोसिएन, आदिवासी जनजाति महासंघ र वृहत नागरीक आन्दोलनले हिजो विहिवार न्याय मार्चा आह्वान गर्दै प्रधानन्यायाधिश राणालाई संसदवाट महाअभियोग लगाउन र उनको सम्पतिको छानविन गर्न माग गरेका छन् ।

नेपालबार झण्डै एक महिना देखी प्रधानन्यायाधिश राणाको राजीनामाको माग गर्दै एक्लै आन्दोलन गरीरहेकोमा त्यसलाई ऐक्यवद्धता जनाउदै पेशागत समूह र नागरिक आन्दोलनले सर्वोच्च अदालतको मूलगेट देखि वालुवाटार सम्म न्याय मार्च गरेका हुन । बालुवाटार नै प्रधानन्यायाधिशको सरकारी निवास रहेकोले वालुवाटार सम्मकै न्याय मार्च गरीएको उनीहरुले वताएका छन् ।

प्रधानन्यायाधिश राणामाथी कानुन व्यवसायिहरुले गम्भिर आरोप समेत लगाउदै आएका भए पनि पाँच दलिय गठवन्धनका नेताहरु र प्रधानमन्त्री शेरवहादुर देउवा भने राणालाई वचाउने खेलमै सकृय भएका हुनाले पेशागत संघ संगठनहरु समेत विरोधमा उत्रिएका हुन् । पाँच दलिय गठवन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अहिले पनि न्यायालयको समस्या न्यायालयवाटै समाधान हुनुपर्दछ भन्दै पन्छिन खोजिरहेको छ । शेरवहादुर देउवालाई परमादेश जारी गर्दै प्रधानमन्त्री वनाई दिएको र त्यही परमादेश कै कारण आफूहरु सरकारमा सहभागी हुन पाएको गुण तिर्न पाँच दलिय गठवन्धन राणालाई बचाउन लागि परेको छ ।

कानुन व्यवसायिहरुले राणालाई भ्रष्टचारी र विचौलियाको नाईके भएको आरोप लगाईरहेको वेला सम्बैधानिक परिषदले उच्चस्तरीय छानवीन आयोग गठन गरी आरोपका प्रमाणित गर्न र प्रमाणीत नभए आरोप लगाउने व्यक्तिहरुमाथी कानुनी कारवाही गर्न आवश्यक देखिन्छ । भ्रष्टचारी भएको आरोप लाग्ने वित्तिकै त्यस्को छानवीन गर्न सहजहोस् भनेर राणाले राजीनामा दिएको भए अहिलेको अवस्था नै आउने थिएन । आफ्नै सहकर्मी न्यायाधिशहरुले समेत विश्वास गर्न नसकेका राणालाई वचाउन खोज्ने पाँच दलिय गठवन्धन र प्रधानमन्त्री देउवा पनि दोषी भएको देखिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports