सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमालेमा उमेरहद लागु

481
shares

काठमाडौ । नेकपा एमालेको यहि मंसीर १० गते देखी हुने महाधिवेशनले पार्टी नेतृत्व र पदाधिकारीमा कस्ले वाजी मार्ला भन्ने बहस चुलिदै गएको छ तर यहि महाधिवेशनले एमालेका केही नेताहरुलाई विदाई समेत गर्नुपर्ने भएको छ । केही समयपहिला गोदावारीमा सम्पन्न भएको नेकपा एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागु भएपछि एमालेको शक्तिशाली भूमीकामा रहदै आएका अनुभवि कम्तिमा ४ जना नेता चितवन अधिवेशनवाट विदाईमा पर्ने भएका छन् ।

अध्यक्ष पदमा पुन निर्वाचित हुन लागेको पार्टी अध्यक्ष केपी ओली मंसिरमा नभई आउँदो फागुन ११ पछि महाधिवेशन भएको खण्डमा १० औँ महमाधिवेशनवाट विदाई हुने थिए किन भने उनी फागुन ११ गते ७० वर्ष उमेर पार गरी ७१ वर्षमा लाग्दैछन् । एमालेको विधानले ७० वर्ष काटेपछि पार्टीको कार्यकारी भूमीकामा बस्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार तिन महिना अघि नै महाधिवेशन हुने भएपछि अध्यक्ष ओली जोगीएका छन् । ७१ वर्ष नपुग्दै कार्यकारी भूमीकामा निर्वाचित भएको खण्डमा एक कार्यकाल उनीहरु पदमा रहन पाउने व्यवस्था विधानमा रहेको छ ।

अहिले अनुशासन आयोगका अध्यक्ष रहेका अमृत बोहोरा चितवन महाधिवेशनबाटै विदाई हुनेछ उनी हाल ७३ वर्षका भएका कारणले वोहोरा सगै मधेश शक्तिशाली मानिने स्थायी कमिटीका सदस्य सत्य नारायण मण्डल पनि चितवन महाधिवेशनवाटै रिङग आउट हुने भएका छन् । भन्ने अर्का स्थायी सदस्य पनि केशव बडाल पनि ७२ वर्षका भएकाले यसै महाधिवेशनवाट विदाईमा पर्ने सम्भावना रहेको छ । राजनितिक दलहरु मध्येको नेकपा एमालेले उमेरहद लागु गरेको हो भने अन्य केही पार्टी हरुले दुई पटक भन्दा वढी एउटै कार्यकारी पदमा बस्न नपाउने व्यवस्था गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports