kumari
stcnepal

प्रधानमन्त्रीद्धारा गैरकानुनी कार्यलाई प्रोत्साहन

काठमाडौँ । गत शुक्रवार भारतीय योगगुरु रामदेवको लगानीमा स्थापना गरीएको पतञ्जली र आस्था नेपाल नामक टिभीको उद्घाट प्रधानमन्त्री शेरवहादुर देउवाले गरेर कानुनको खिल्ली उडाएका छन् । टिभी उद्घाटन समारोहमा सत्ताधारी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एकीकृत अध्यक्ष माधव नेपाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहित गृहमन्त्री वालकृष्णा खाँड सहितका अन्य धेरै मन्त्रीहरु र नेताहरुको उपस्थिति रहेको थियो ।

विद्यमान ऐन कानुनको कार्यन्यन गर्ने प्रमुख जिम्मेवारी बोकेको प्रधानमन्त्री देउवाले आफैले विदेशी लगानीमा हुन लागेको टिभीको उद्घाटन गरेर कानुनको खिल्ली उडाएका छन् ।ऐन कानुन अनुसार, सञ्चार माध्यममा वैदेशिक लगानी वर्जित रहेको छ । सञ्चार माध्यम भन्नाले रेडिया,े टिभी , पत्रपत्रिका र अनलाईन सञ्चार माध्यमलाई जनाउछ ऐनमा भनिएको छ । यी सञ्चार माध्यम र राष्ट्रिय भाषामा बन्ने नेपाली फिल्महरुमा समेत वैदेशिक लगानी वञ्चित गरिएको छ । तर प्रधानमन्त्री देउवाले वैदेशिक लगानीमा स्थापना भएका र सम्बन्धीत निकायमा दर्ता नै नभएको टिभीको उद्धघाटन गर्नु गैरकानुन काम समेत हो ।

यसै विषयलाई लिएर नेपाल पत्रकार महासंघले एक विज्ञप्ति प्रकाशित गर्दै कानुनको ठाडो उल्लघन गरेको आरोप प्रधानमन्त्रीमाथी लगाएको छ । प्रधानमन्त्री देउवा आफ्नै पार्टीभीत्र पनि आलोचित बनेका छन् । पटक ÷पटक प्रधानमन्त्री भएका देउवालाई कानुनको जानकारी दिएन भनेर पत्याउन सक्ने अबस्था रहदैन । प्रधानमन्त्रीले कानुनको खिल्ली उडाएपछि त्यस्को व्यापक विरोध भएपनि प्रधानमन्त्रीको निजी सचिालयले सत्यतत्थ बाहिर ल्याउन चाहेका छैनन् किन?

सम्बन्धीत निकायवाट वैदेशिक लगानीमा स्थापना हुने टिभी , रेडियो, छापामाध्यम र अनलाईन लाई र राष्ट्रभाषमा बन्ने फिल्महरुलाई अनुमति दिने व्यवस्था नभएकोले गर्दा दर्ता प्रकृयामा गएका छौ भनेर योगपीठका आइटी इन्चार्ज सन्दीप बाल्मीकीद्धारा विज्ञप्ति जारी गर्नुको कुनै अर्थ हुदैन । सूचना तथा प्रसारण विभागले त्यस्को छानवीन गरीरहेको भने पनि ऐनले नै वञ्चित गरेको विषयमा के को छानबीन ?

footer