सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बागमती प्रदेशमा बजेटको विषयमा देखिएको विवाद समाधान गर्नका लागि विशेष समिति गठन गर्न दलहरू सहमत

962
shares

मकवानपुर । बागमती प्रदेशमा बजेटको विषयमा देखिएको विवाद समाधान गर्नका लागि एउटा विशेष समिति गठन गर्न दलहरू सहमत भएका छन् । बिहीबार दलहरूबिच भएको छलफलमा यो सहमति भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मुख्य सचेतक मधुसूदन पौडेलका अनुसार विवाद समाधानका लागि सबै दलहरूको प्रतिनिधित्व हुने गरी आजै एउटा समिति गठन गर्ने सहमति भएको छ । समितिले यसबारे अध्ययन गरेर फागुन २९ गते संसद्मा प्रतिवेदन बुझाउनुपर्नेछ । समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिइने पौडेलले रातोपाटीलाई जानकारी दिए ।

दलहरूबिच सहमति बनेसँगै बागमती प्रदेश सभाको बैठक बस्ने तयारी गरिएको छ । बैठक बिहान साढे ११ बजेलाई बोलाए पनि बस्न सकेको थिएन । आजको बैठकले समितिका सदस्यहरू पनि चयन गर्ने पौडेलको भनाई छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports