सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीको आगामी जेठ पहिलो साता हुने १० औँ महाधिवेशनमा एउटा मात्रै दस्तावेज प्रस्तुत हुने

481
shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को आगामी जेठ पहिलो साता हुने १० औँ महाधिवेशनमा एउटा मात्रै दस्तावेज प्रस्तुत हुने भएको छ ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय ‘दस्ताबेज मस्यौदा समिति’को बिहीबार सम्पन्न बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

मस्यौदा समितिको बैठकपछि पार्टीभित्र अलग–अलग सोच छ भन्ने कुराको अन्त्य भएको र सबै भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने नेता खतिवडाको भनाइ छ । महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रूप दिन विभिन्न समूह बनाएर छलफल र कार्यविभाजन गरिएको प्रवक्ता खतिवडाको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports