सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रमजीवी स्वरोजगार सडक व्यापारी नागरिकका मानव अधिकारको सम्मान र संरक्षण गर्न अधिकारकर्मीहरूको अपिल

520
shares

काठमाडौँ । श्रमजीवी स्वरोजगार सडक व्यापारी नागरिकका मानव अधिकारको सम्मान र संरक्षण गर्न अधिकारकर्मीहरूले अपिल गरेका छन् । अपिलमा काठमाडौँ महानगरको जननिर्वाचित नागरिक नेतृत्वले धैर्यताका साथ संवादको माध्यमले समस्याको समाधान गर्ने प्रयास गर्नुको साटो महानगर प्रहरी परिचालन गरी अत्यधिक बल प्रयोग गरेर केही सडक व्यापारीलाई गम्भीर घाइते बनाएको र उनीहरूको सामान लुटपाटको शैलीमा जफत गरेको घटनाप्रति खेद व्यक्त गरिएको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल सहितका अधिकारकर्मीद्वारा फागुन १७ गते जारी अपिलमा सडक तथा सार्वजनिक स्थलमा नागरिक माथि कुटपिट गर्ने आपराधिक कार्यमा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरमा ल्याउन नेपाल प्रहरी र महानगर प्रशासन लगायत सम्बन्धित सबै निकायसँग माग गरिएको छ । अपिलमा भनिएको छ–‘जीविकोपार्जनको अरू विकल्प नभएर राजधानीको सडकमा सानोतिनो व्यापार गर्दै आएका स्वरोजगार नागरिकहरू उपर शृङ्खलाबद्ध रूपमा हुँदै आएको अत्यधिक बल प्रयोगका घटना स्थानीय प्रशासन ऐन, स्थानीय सरकार सञ्चालन ऐनको मात्र होइन, महानगर प्रहरी बल ऐनको समेत उल्लङ्घन भएको छ ।’

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले स्थानीय सरकारहरूलाई दिएको नगर प्रहरी बल गठन गर्ने अख्तियारीको दुरुपयोग रोकिनु पर्छ भन्नेमा उनीहरुको जोड छ । स्थानीय तहको नीति, कानुन तथा निर्णय कार्यान्वयनमा अपेक्षित उपलब्धि हासिल गर्न यस्तो प्रहरी संरचनाको कल्पना स्थानीय सरकार सञ्चालन ऐनले गरेको पनि उनीहरुले स्मरण गराएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को मर्म विपरीत हतियार प्रयोग गर्ने अख्तियारी समेत नपाएको नगर प्रहरीका कतिपय कृयाकलापहरूमा अत्यधिक बल प्रयोगको प्रवृत्ति बढ्दै जानु चिन्ताजनक रहेको अधिकारकर्मीहरूले जनाएका छन् । काठमाडौँ महानगरपालिकाको पनि संविधानको धारा ३३ ले सुनिश्चित गरेको रोजगारीको अधिकार लगायतका मौलिक हकलाई सम्मान संरक्षण र परिपूर्ति गर्ने दायित्व रहने स्मरण गराइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports