सुकुम्बासीको नाम टिपाउनेको सङ्ख्या ५४७ पुग्यो
वि.सं.२०८३ वैशाख १३ आइतवार २०:१५
shares

काठमाडौंका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्ती भत्काएपछि रंगशालामा नाम टिपाउनेको संख्या ५४७ पुगेको छ।
दुई दिनदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित रंगशालामा बसेर बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले सुकुम्बासी परिवारको नाम टिपिरहेका छन्।आइतबार साँझ साढे ६ बजेसम्मको तथ्यांक अनुसार ५४७ परिवारले नाम टिपाएका हुन्।
प्राधिकरणमा नाम टिपाउनेको संख्या २१७ जना छन्।प्राधिकरणसमक्ष टिपाउनेहरू थापाथलीका ७२ परिवार, शान्तिनगरका ६२ परिवार, गैह्रीगाउँका ४४ परिवार र मनोहराका ३९ परिवार छन्।त्यस्तै उपत्यका विकास प्राधिकरणमा ३३० परिवारले नाम टिपाएका छन्।त्यसमध्ये २१८ परिवारको रूजु गरिसकेको छ। रूजु भइसकेकोमध्ये थापाथलीका ६६ परिवार, गैह्रीगाउँका ४३ परिवार, सिनामंगलका २१ परिवार, शान्तिनगरका ५८ परिवार र मनोहराका ३० परिवार छन्।
समिति र प्राधिकरणले रंगशाला पश्चिमतर्फको कुनामा छुट्टाछुट्टै डेक्स राखेर फारम भराइरहेका छन्।रंगशालामा छुट्टै डेस्क राखेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र खाना खुवाउने काम भइरहेको छ। यसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ। यसरी विवरण संकलन गरिसकेपछि भूमिहीन र आवासहीनहरूको व्यवस्थापन गर्न पाँचवटा होल्डिङ सेन्टरमा लगेर राखिने बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाले जानकारी दिए।



































