मोरङको बेलबारीमा टिपरको ठक्करले २ जनाको ज्यान गयो, ३ घाइते
वि.सं.२०८० फागुन १८ शुक्रवार ०९:१२
shares

मोरङ। बेलबारीमा टिपरले ठक्कर दिँदा दुई जनाको निधन भएको छ । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
निधन हुनेको सनाखत भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
ठक्करपछि गाडी प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा समेत ठक्कर खाएको थियो । बुलेरोमा ५ जना रहेको तीन जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।































