सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थापाले गरे पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा

455
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पर्सी १५ गते देखी सुरु हुने पार्टीको महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई ४ वर्ष धैर्य गर्न आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष थापाले पार्टी यो भन्दा कमजोर हुने ठाउँ नभएको भन्दै पार्टीलाई अलि माथि उठाएर नेतृत्व छाड्ने बताएका छन् ।

युवाहरुले नेतृत्व लिन्छौं भन्दा आफू खुशी भएको भन्दै थापाले भने, ‘पार्टीे कमजोर अवस्था छ । यो भन्दा कमजोर हुने ठाउँ छैन । ४ वर्ष धैर्य गर्नुस्, अलि माथि पुगेपछि तपाईंहरुलाई जिम्मा लगाउँला ।’ आफू आर्यघाट पुग्दासम्म अध्यक्ष हुनुपर्छ भन्ने सोच नरहेको भन्दै थापाले पार्टीलाई आगामी निर्वाचनबाट अग्रणी शक्तिको रुपमा स्थापित गरेपछि र हिन्दु राष्ट्र तथा राजतन्त्र स्थापित गर्ने आधार स्थापना गरेपछि विश्राम लिने बताउदै पार्टी नेता तथा सबै कार्य कर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

नेतृत्व हस्तान्तरणको कुरा गर्नेहरुले पार्टी नेतृत्वलाई असफल भनेकामा थापाले आक्रोश पोखे । ‘नयाँ जिम्मेवाररी लिने मान्छेले, नेतृत्वलाई गाली गरेर बदनाम गरेर असफल भनेर हुँदैन । कमल थापा पशुपति प्रकाश असफल भयो भन्ने मान्यता स्वीकार गर्न सकिँदैन’ उनले भने ।उनले नेतृत्व बुढो भइसक्यो भन्नेसँग टुँडिखेलमा दौडिन पनि तयार रहेको बताए ।

‘टुँडिखेलमा गएर दौडौ, मलाई जित्नुभयो भने म अध्यक्ष पद छोड्न तयार छु’ अध्यक्ष थापाले भने ।थापाले नेता धवलशम्शेर राणालाई पनि सहमतिमा आउन आग्रह गरेका छन् । ‘सहमति गरौं, के आधारमा गर्नुपर्छ, छलफल गरौं भन्दै आफ्नो उम्मेदवारीलाई पार्टीको आवश्यकता भएको बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports