kumari
stcnepal

आज नेप्से साढे २१ अङ्कले घट्यो

काठमाडौ : शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि घटेको छ । हिजो ८० अङ्कले घटेको नेप्से आज २१ दशमलव ५१ अङ्कले घटेर दुई हजार ६ सय २९ दशमलव ९७ विन्दुमा झरेको छ । आज जलविद्युत् र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

आज विकास बैंक, उत्पादन, बीमा र अन्य समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय २८ कम्पनीका ८२ लाख २५ हजार कित्ता शेयर चार अर्ब ८९ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज आईसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले तथा चन्द्रागिरि हिल्स र महालक्ष्मी विकास बैंकको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि न्यादी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ ।

 

footer