सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज नेप्से साढे २१ अङ्कले घट्यो

468
shares

काठमाडौ : शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि घटेको छ । हिजो ८० अङ्कले घटेको नेप्से आज २१ दशमलव ५१ अङ्कले घटेर दुई हजार ६ सय २९ दशमलव ९७ विन्दुमा झरेको छ । आज जलविद्युत् र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

आज विकास बैंक, उत्पादन, बीमा र अन्य समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय २८ कम्पनीका ८२ लाख २५ हजार कित्ता शेयर चार अर्ब ८९ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज आईसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले तथा चन्द्रागिरि हिल्स र महालक्ष्मी विकास बैंकको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि न्यादी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports