विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘पूर्वराजा ज्ञानेन्द्र र हिमानी ‘को कुनै सामाजिक सञ्जाल नभएको खुलासा

611
shares

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह फेसबुक, ट्वीटर लगायतका कुनै पनि सामाजिक सञ्जालमा नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ।पूर्वराजा शाहको नामबाट सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने काम भएको भन्दै उनको सचिवालयले यस्ता भ्रमजालबाट मुक्त रहन अनुरोध गरेको छ।

‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट राष्ट्रिय समसामयिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखिबक्सनु स्वभाविक हो। तर मौसुफबाट ट्वीटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको व्यहोरा जानकारी गराइन्छ। यस्तो निराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउनसमेत अनुरोध गरिन्छ,’ पूर्वराजा शाहको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै सचिवालयले छुट्टै सूचना जारी गर्दै पूर्वयुवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने जनाएको छ। निराधार भ्रम फैलाएर मर्यादामा आँच आउने काम नगरिदिन सचिवालयको अनुरोध छ।

केही दिनअघि सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा पराजित भएपछि राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पूर्वराजा शाह र पूर्व युवराज्ञी हमानीमाथि आक्रोश पोखेका थिए।

राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि हिमानीको फेक ट्वीटर अकाउण्टबाट दिइएको शुभकामनामा टिप्पणी गर्दै थापाले अब ‘राजसंस्था चाँडै पुःस्थापना हुन्छ शुभकामना’ भनेका थिए।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports