प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न बमबहादुर खड्कालाई जन्मकैद

559
shares

दैलेख । झण्डै १७ वर्ष अघि पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

डेकेन्द्र हत्याको १७ वर्षपछि दुल्लू नगरपालिका–६ छिउडीपुसाकोटका ४१ वर्षीय खड्कालाई सो सजाय भएको हो । आफू लगायत ९ जना विरुद्ध जाहेरी परेपछि पक्राउ पर्ने डरले लुकीछिपी बस्दै आएका खड्कालाई २ वर्ष अघि कैलाली प्रहरीले पक्राउ गरी अड्डासार गर्दै दैलेख पठाएको थियो ।

प्रहरीले उनलाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तवीमा रहेको मुद्दा जगाउदै २०७६ फागुन २१ गते गरेको थुनछेक बहसपछि त्यही दिन दैलेख कारागार चलान गरेको थियो । यो फैसलामा ‘अरुण’ भन्ने बमबहादुर खड्काको अलवा कसूरदार साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, साविकको छिउडीपुसाकोट गाविस–७ हाल दुल्लू नगरपालिका–६ का केशव खड्कालाई जनही २० वर्ष जन्मकैद भएको छ ।

मुल्तवीबाट जगाइएको कर्तव्यज्यान सम्वन्धी यो मुद्दामा आरोपित बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको छ । अदालतका श्रेस्तेदार कार्कीले डेकेन्द्र थापा हत्या प्रकरणको मुल्तवी लगत कट्टा भएको बताए ।

आइतबार भएको बहसमा कसूरदारलाई सजायको मागदावी गर्दैै जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता रुकमेदा पोखरेलले बहस गरेका थिए । प्रतिवादीहरुको बचाउ गर्न वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गरेका थिए ।

सशस्त्र युद्धको बेला २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेर पत्रकार थापाको हत्या गरेका थिए । दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका थापालाई मुहान मर्मतका लागि त्यसतर्फ जान लागेको बेला २०६१ असार १२ गते माओवादी कार्यकर्ताहरुले अपहरण गरेका थिए ।

अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो । पत्रकार मासिएको भन्दै त्यतै बेला माओवादीको कडा आलोचना भएकोले माओवादीले थापालाई गाडिएको ठाउँ समेत गोप्य राखेका थिए । शान्ति प्रक्रियापछि अनौचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०को पहलमा नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगले २०६५ साउन १३ गते नौमस्ले गाउँपालिका–३ द्वारीमा गाडिएको थापाको शव उत्खनन् गरिएपछि न्यायिक प्रक्रिया सुरु भएको थियो ।

घटनाको ४ वर्षपछि थापाको कंकालको बैज्ञानिक परीक्षणपछि २०६५ साउन १८ गते हिन्दूर धार्मिक परम्परा अनुसार श्रीस्थानमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कारपछि पत्रकार थापाकी धर्मपत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

सशस्त्र युद्धकालिन समयको घटना भएकोेले बिस्तृत शान्ति सम्झौता अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने भन्दै माओवादी पक्षले दिएको दवावका कारण मुद्दा चल्न सकेको थिएन । पत्रकारहरुको नियन्तर दवावपछि २०६९ पुस २० गते प्रहरीले हत्यामा संलग्न भनिएका ९ जना मध्ये ५ जनालाई निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

पक्राउ परेकाहरुका सन्दर्भमा २०७१ मंसिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो । उनीहरुले कैद भुक्तान गरी सकेका छन् ।

उक्त फैसलामा जिल्ला न्यायाधीश श्रेष्ठको आरोपित साविकको छिउडीपुसाकोट गाविस–१ हाल दुल्लू नगरपालिका–६ का यी ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत ४ जना पक्राउ परेको बखत मुद्दा जगाउन सकिने गरी मुल्तवीमा राख्ने फैसला सुनाएको थियो ।

अपहरण गरेको डेढ महिनापछि २०६१ साउन २७ गते साविकको द्वारी गाविस–१ नेपाल राष्ट्रिय आधारभूत विद्यालयभित्र दिइएको यातनाको कारण ज्यान गएका पत्रकार थापा त्यसबेला थापा ३३ वर्षका थिए । त्यसबेला उनी रेडियो नेपालको दैलख सम्वाददाता हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports