सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न

507
shares

काठमाडौँ । ग्लोबल आइएमई बैंकको १५औँ वार्षिक साधारणसभा २०७८ साल मसिंर २७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।आर्थिक वर्ष २०७७/७८को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५प्रतिशत नगद लाभांश गरी जम्मा १३.५प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै बैंकको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८मा सञ्चालन मुनाफा ७अर्ब ९ करोड रुपैयाँर कर पछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्तापुँजी२३ अर्ब७९ करोड रुपैयाँ पुग्नेछ ।

साधारण सभामा बैंकको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदानगर्न कटिबद्ध रहेको बताउनुभयो ।

बैंकले सदाझंै आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलित रुपमा बैंकको उपस्थिती वृद्धि गर्दै जाने उहाँले बताउनुभयो ।कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पुर्याउन लागी परेको पनि उहाँले जानकारी गराउनुभयो ।

साथै, बैंकले अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणाअनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गर्दै जाने पनि जानकारी गराउनुभयो ।
यसका साथसाथै, अध्यक्ष ढकालले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्चलाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताउनुभयो ।
बैंकको खुदमुनाफा आ.व.२०७६/७७को तुलनामा आ.व.२०७७/७८ मा४३.२० प्रतिशतले वृद्धि भई ४ अर्ब १६ करोड रुपैयाँपुगेकोहो ।
हाल बैंकले २ खर्ब ७४अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलनगर्नुका साथै २ खर्ब ७०अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानीगरेको छ ।
सब क्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पु¥याउने उद्देश्यका साथ बैंकले देशका ७६जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५०भन्दा बढि सेवा केन्द्रबाट २७लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports