सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज हुने दोस्रो चरणको निर्वाचनमा देउवालाई सिह र निधि दुवैको समर्थन देउवा सभापति वन्ने निश्चित

520
shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई पार्टी सभापतिमा समर्थन गरेका छन् । आज आएको मतपरिणामअनुसार सभापति पदमा देउवाले धेरै मत ल्याएका थिए भने दोस्रो धेरै मत शेखर कोइरालाले ल्याएका थिए।
देउवाले २२५८ मत ल्याएका थिए भने कोइरालाले १७०२ मत ल्याएका थिए । सिंह पनि पहिलो चरणमा सभापति पदका उम्मेदवार थिए। सिंहले ३७१ मत पाएका थिए।
आजै कांग्रेस सभापति पदका लागि दोस्रो चरणको मतदान हुने कार्यक्रम छ । आज अपरान्ह ३ः३० बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जानकारी दिएको छ। आफूहरूले दोस्रो चरणको मतदानमा सभापतिमा देउवालाई समर्थन गर्ने सिंहले बताएका छन् । सिंहलाई भेट्न देउवा आज उनकै निवास चाक्सीबारी ठमेल पुगेका थिए।

सिंहले सघाउने भएपछि देउवाले धन्यबाद दिएका थिए। ‘प्रकाशमानजीले सदासयता देखाउनुभयो, आत्मियता देखाउनुभयो,’ देउवाले भने, ‘वास्तवमा हामी पहिलेदेखि साथी नै हो। मैले प्रतिवद्धता तोड्ने छैन।’ त्यसैगरी सभापतिको उम्मेदवारमा तेस्रो मत ल्याएका विमलेन्द्र निधिले समेत सभापतिमा देउवालाई नै सघाउने भएका छन्।
सभापतिमा फेरि निर्वाचन हुने भएपछि देउवाले सभापतिका उम्मेदवार भई पराजित भएका प्रकाशमान सिंह र निधिलाई आज भेटेर कुराकानी गरेका थिए ।

सिंहले देउवालाई समर्थन गर्ने बताएका थिए। लगत्तै निधि निवास पुगेका देउवालाई पनि निधिले सभापतिमा समर्थन गर्ने बताएका छन् ।‘सभापतिमा उहाँले देउवालाई नै समर्थन गर्नुभएको छ। यसबारे विज्ञप्ति जारी गरेर विस्तृतमा बताउँछौं,’ निधिको सचिवालय स्रोतले बताएको छ । सिह र निधिले देउवालाई समर्थन गर्ने भएपछि देउवा पुन: काग्रेसको सभापति बन्ने निश्चित जस्तै भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports