विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल धितोपत्र बोर्डको सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी

182
shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ । बुधवार अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष ड‍ा‍. गोपालप्रसाद भट्टले बजार बढ्दा मात्र नभइ घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने व्यवस्था ल्याउन ‘सर्ट सेलिङ’ प्रणाली लागु गर्न लागिएको बताए ।

अध्यक्ष भट्टले नेपालमा सेयर बजार सधैं बढिरहनुपर्ने मान्यता रहेको बताए । कुनै पनि देशको पूँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने स्पष्ट पार्दै उनले बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब दिने गरिएको गुनासो गरे ।बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु मात्रै रहेको उनले बताए । उनका अनुसार सर्टसेलिङ प्रणाली लागु गरेपछि बजार घट्दा हाल आन्दोलनमा उत्रिने समस्याको अन्त्य हुनेछ ।

यो प्रणाली लागु भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गर्न सक्नेछन् । मूल्य घटेपछि सोही सेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ । बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिलेझैं सेयर किनेर मूल्य बढेपछि बिक्री गरी नाफा लिन सक्नेछन् ।अध्यक्ष भट्टले यस व्यवस्थापछि बजार बढ्नैपर्ने भन्ने एकतर्फी मनोविज्ञान परिवर्तन हुने र लगानीकर्ताले आफ्नै अध्ययन तथा विश्लेषणका आधारमा निर्णय गर्ने वातावरण बन्ने दाबी गरे । उनले धितोपत्र बोर्डको जिम्मेवारी बजारमा नियम, नियमन र समान अवसर सुनिश्चित गर्नु मात्र भएको उल्लेख गर्दै लगानी निर्णय पूर्ण रूपमा लगानीकर्ताको विवेकमा निर्भर रहने बताए ।

अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउन लागिएको पनि जानकारी दिए । सम्पत्ति छानबिनलगायत सरकारी कारबाहीका कारण लगानीकर्ताको मनोबल खस्किएको भन्ने गुनासो आएको उनको भनाइ छ ।सम्पत्ति छानबिन, निरिक्षण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी विषयमा धितोपत्र बोर्डले सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गर्ने पनि उनले बताए । उनले नेपालको पूँजीबजार सुधारको लागि बोर्डले हालै ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजानिक गरेको जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports