नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री दाहालको राजिनामा माग

598
shares

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा बस्ने नैतिकता गुमाएको बताएका छन् ।आज प्रतिनिधि सभा बैठकमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपति र राष्ट्रपति कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठाएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका सांसद साहले प्रधानमन्त्री प्रचण्ड आफ्नो बोलीमा अड्न नसकेकाले पदमा बसिरहन नमिल्ने जिकिर गरे । प्रधानमन्त्रीले यसअघि संघमा ३ करोडभन्दा घटीको योजना नरहने बताएका थिए । तर, त्यो लागू नभएको उल्लेख गर्दै उनले आफ्नै कुरामा टिक्न नसक्ने प्रधानमन्त्रीले नैतिक रुपमा पनि पदमा बस्न नमिल्ने बताएका हुन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नु भएको थियो–हामी यो संघीयतालाई कार्यान्वयन गर्छौं । अव संघमा ३ करोड भन्दा घटीको योजना रहँदैन । सोध्न चाहन्छु–प्रधानमन्त्रीजी तपाईको कुरा चलेको छ कि छैन ? चलेको छैन भने तपाई कुन मोरलले त्यहाँ बस्नु हुन्छ ? यदि चलेको हो भने कसरी तपाईको कुराको उल्लंघन भयो भनेर सोध्न चाहन्छु’, साहले भने, ‘यदि कुनै मन्त्रीले तपाईले भनेको कुरा मानेनन भने उसलाई बर्खास्त गर्ने हैसियत राख्नुस् । यदि आफ्नै कुरामा टिक्नु भएको छैन भने तपाई मोरल्ली त्यहाँ बस्न मिल्छ जस्तो मलाई लाग्दैन । त्यस अर्थ पनि विश्वासको ठूलो खडेरी छ । नेपाली जनतामा विश्वास उठाउन जरुरी छ ।’

नेपाली जनताले तिरेको कर पहुँचवालाको लागि मात्रै वितरण गर्ने काम भैरहेको भन्दै उनले विनियोजित बजेटप्रति पनि चर्को असन्तुष्टि जनाए । नेपाली जनतामा विश्वासको ठूला खडेरी देखापरेको जनाउँदै उनले त्यसलाई चिर्ने गरी काम गर्न पनि सरकारको ध्यानाकर्षण गराए । ‘हामीले हरिराखेको छौं–यो बजेट पहुँचवालाको भएको छ । यो नेपाली जनताको राजश्व होइन ? जनताले तिरेको कर होइन ? हो भने देशभरी जानु पर्दैन ?’, सांसद साहको प्रश्न छ, ‘पहुँचवाला नेता र उसको आसेपासे कार्यकर्ता र मन्त्रीहरुको निजी पैसा जस्तो हुने, सीमित ठाउँमा हुने, कुनै ठाउँ पूरै खाली हुने जो स्थिति छ । त्यसको अन्त्य हुन्छ कि हुँदैन ?’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports