विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसद् सचिवालयका कर्मचारीहरूको ‘ब्ल्याक आउट’ले प्रतिनिधि सभाको बैठक स्थगित

910
shares

काठमाडौं । संसद् सचिवालयका कर्मचारीहरूको ‘ब्ल्याक आउट’ले प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरूले पुरक प्रश्न गर्न थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर युट्युबटमा प्रत्यक्ष प्रसारण गरेका थिए ।

आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै सांसदहरूले विरोध गरे । ‘ब्ल्याक आउटमा सदन नचलाऔं नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भने । त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रीले जवाफ दिएर पुरक प्रश्न लिएपछि त्यसको जवाफ दिन नपाउँदै सभामुखले सभाको बैठक स्थगित गरिदिएका हुन् ।

प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयका कर्मचारीहरू तलब भत्ता, आवास भत्ता तथा शैक्षिक भत्ता वृद्धिको माग राख्दै आन्दोलनमा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports