एफएनसीसीआईको विधान संशोधन समिति : अध्यक्षको कार्यकाल ३ वर्षबाट घटाएर २ वर्ष
वि.सं.२०७८ पुस १ बिहीवार २०:२९
shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को विधान संशोधन समितिले विधान संशोधनको मस्यौदा बुझाएको छ । महासंघको कार्यालयमाआज आयोजित कार्यक्रममा महासंघका पूर्व अध्यक्ष समेत रहेका विधान संशोधन समितिका संयोजक कुश कुमार जोशीले महासंघ अध्यक्ष शेखर गोल्छालाई मस्यौदा बुझाएका हुन् ।
सो समितिमा महासंघका विशिष्ठ सदस्य पशुपति मुरारका सहसंयोजक तथा किशोर प्रधान, अशोक तोदी, डिबी बस्नेत, सुनिल गोपाल श्रेष्ठ, सरोज श्रेष्ठ र डा. रुद्र शर्मा सदस्य थिए ।
सो समितिले झन्डै ११ महिना लगाएर विधान स्रंशोधनको मस्यौदा तयार गरेको हो । प्रस्तावित संशोधनमा अहिलेको संरचनामा व्यापक परिमार्जन गरिएको छ । यसअनुसार अब महासंघमा वरिष्ठ उपाध्यक्ष तथा कोषध्यक्ष रहने छैनन् । त्यस्तै उपाध्यक्षको संख्या ३ बाट बढाएर ५ पुर्याइनेछ जसमा एकजना महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।
त्यस्तै, अध्यक्षको कार्यकाल ३ वर्षबाट घटाएर २ वर्षको हुनुपर्ने प्रस्ताव समेत गरिएको छ । त्यस्तै, कार्यकाल २ वर्षमा झारेसँगै कार्यकारिणी समिातिमा १२ वर्ष रहेकाले मात्रै अध्यक्ष बन्न पाउने व्यवस्थालाई घटाएर ८ वर्ष बनाउनुपर्ने प्रस्ताव मस्यौदामा गरिएको छ । त्यस्तै, महासंघको प्रत्येक साधारण सभाको मिति चैत १५ गते हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ





































