बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन : रवि लामिछाने
वि.सं.२०८१ कात्तिक २७ मंगलवार १९:२६
shares

काठमाडौँ । सहकारीको रकम अपचलन अभियोगमा अनुसन्धानका लागि भैरहवा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान बुधबार पनि लिइने भएको छ ।
लामिछानेसँग मंगलबार करिब ५ घण्टा बयान लिएपनि नसकिएपछि भोलि (बुधबार) पुनः लिइने भएको हो । सहकारीको रकम अपचलन, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा लगेर सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।
पहिलो दिनको बयान सकेर निस्कने क्रममा लामिछानेले बाघलाई खोरमा थुन्दैमा स्याल नहुने बताएका छन् । ‘बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन’, समर्थकलाई हात हल्लाउँदै लामिछानेले भने ।





































