प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

611
shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदै छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रथम दीक्षान्त समारोहमा सहभागि हुन प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री ओली जुम्ला जान लागेका हुन् ।प्रधानमन्त्री ओली आज बिहान ११ बजे जुम्ला प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थीलाई प्रधानमन्त्री ओलीले दीक्षित गर्ने कार्यक्रम छ ।

दीक्षान्त समारोह कार्यक्रमको तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ । प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports