प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको सरकारले संसद्लाई छलेर अध्यादेशहरू ल्याएको भन्दै संसदबाट त्यसको खबरदारी गर्ने निर्णय

767
shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारले संसद्लाई छलेर अध्यादेशहरू ल्याएको भन्दै संसदबाट त्यसको खबरदारी गर्ने निर्णय गरेको छ । बिहीबार बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने गरी आएन, प्रक्रिया नै बेठिक छ’, पाण्डेले भने, ‘६ वटा अध्यादेशबाट ३१ वटा कानुन संशोधन गर्ने सरकारको तयारी छ । समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारकाे सूचना दर्ता गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’

साथै बैठकले सरकार जनसरोकारका मुद्दामा चिन्तित नभएकाले जनताका मुद्दा उठाउने निर्णय गरेको पाण्डेले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी निर्णयअनुसार संसदमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports