विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संविधान संशोधनको कुरा गर्दा हामी केही विषयमा स्पष्ट हुन आवश्यक छ : देउवा

845
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने बताए ।‘संविधान संशोधनको कुरा गर्दा हामी केही विषयमा स्पष्ट हुन आवश्यक छ, संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुनुहुँदैन,’ उनले भने ।

देउवाले संविधान प्रारम्भ भएको दश वर्ष भइसकेकाले संविधानको अभ्यासको समीक्षा गर्ने समय आएको बताए ।‘संविधान प्रारम्भ भएको दश वर्ष भइसकेको छ । दश वर्षको अन्तरालमा संविधानको अभ्यासको समीक्षा गर्ने भनिएकै छ,’ सभापति देउवाले भने, ‘संविधान कार्यान्वयनमा देखापरेका सबल र दुर्वल पक्षको अध्ययन र पहिचान गरी आवश्यकताअनुसार संविधान संशोधनको परिमार्जन गर्नुपर्दछ ।’ देउवाले राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने बताए । संविधान संशोधनका विषयमा छलफल प्रारम्भ भइसकेको भन्दै अन्य राजनीतिक दलहरूसँग पनि संवाद, सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports