विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निलम्बन फुकुवा गर्न रवि लामिछानेले सभामुखलाई दिए निवेदन

728
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग गरेका छन्।

सभामुख घिमिरेसँग शुक्रबार उनकै कार्यकक्षमा पुगेर उनले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन्।उनले कास्की, काठमाडौँ र रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेको र फौजदारी कसुरमा दोषी ठहर नभइसकेको भन्दै सांसद पदबाट निलम्बन गर्न नहुने तर्क गरेका छन्।

‘म निवेदक चितवन जिल्ला क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य हुँ। म निवेदकलाई फौजदारी कसुररको अनुसन्धानको क्रममा मिति २०८१/७/०२ गते पक्राउ गरिएको भन्ने सूचना नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जिल्ला प्रहरी कार्यालय कास्की, अपराध अनुसनधान तथा कारबाही शाखाले सम्माननीय सभामुखज्यलाई लेखि आएको भन्ने आधारमा प्रतिनिधि सभा नियमावली २०७१ को नियम २४८ को उपनियम (२) को प्रयोजनको लागि संघीय ससद (प्रतिनिधि सभावाट) मिति २०८१/०७/० ३ गते सूचना प्रकाशित गरिएकोंमो पुनः मिति २०८१/०९/०८ मा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ को कानूनी व्यवस्थाको लागि भनी सूचना प्रकाशित गरिएको व्यहोरा यहाँलाई अवगत नै छ,’ उनले निवेदनमा लेखेका छन्, ‘म निवेदकउपर उक्त बमोजिमको फौजदारी कसूरको अनुसनधान भई देहाय बमोजिमका अदालतहरूमा देहाय बमोजिमको अभियोग (मुद्दा) दायर भई सम्मानित अदालतहरूका देहाय बमोजिमको आदेश भई हाल म निवेदक थुनामुक्त भएको व्यहोरासमेत सम्माननीय सभामुखज्यूलाई अवगत गराउँदछु।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports