विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

923
shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो । त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढाइएको निगमले जनाएको छ ।

निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६७ रुपैयाँ पर्नेछ भने सुर्खेत र दाङ क्षेत्रमा १६६ र अरु क्षेत्रमा १६४ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै डिजेल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६० रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५९ रुपैयाँ र अरु क्षेत्रमा १५७ रुपैयाँ ५० पैसा तय भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports