विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति सडकमा मृत फेला परे

780
shares

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला परेका छन् । शनिबार बिहान सडक पेटीमा कलौनीको शव घोप्टो परेको अवस्था फेला परेको हो ।

उनको शव नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर मामाभाञ्जा चोक नजिक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिए ।जोशीका अनुसार हिँड्दाहिँड्दै लडेको जस्तो अवस्था देखिन्छ, भने शरीरमा कुनै चोटपटक देखिँदैन । उनको घर पनि सोही क्षेत्रमा पर्दछ ।

उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । कलौनी बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका अध्यक्ष पनि थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports