सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना

650
shares

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना भएको छ । नो केबलकार समूह क्षमा पूजाको नाममा त्यहाँ पुगेका थिए । उनीहरुले केबलकार निर्माणस्थलमा पुगेर केही बेर भाषण गरेको र त्यसपछि प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमा पुजाको नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकृेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन सहितका नेताहरु त्यहाँ पुगेको बताए । ‘उहाँहरुले केही समय भाषण गर्नुभयो । करिब ३ बजेतिर सुरक्षा निकायले राखेको घेरा तोडेर ढुंगा, मुढा हान्नुभयो । ५० मिटरको दुरी पनि नराखी ढुंगा हान्नुभयो । त्यसपछि हामीले पानीको फोहोरा र अश्रुग्याँस हान्नुपर्यो,’ शर्माले भने, ‘त्यसक्रममा नेपाल प्रहरीका ६ जना, सशस्त्र प्रहरीका ५ जना र नो केबलकार समूहका १ जना घाइते भएको कुरा आएको छ ।’

आन्दोलनकारीले सशस्त्र प्रहरीले प्रयोग गरेका सेफ्टी ढाल ५ वटा र मेगा फोन १ वटामा पूर्ण क्षति गराएको शर्माले बताए । निर्माणस्थलमा सुरक्षाकर्मीले राखेको नो इन्ट्री भनिएको ठाउँमै पुगेर उनीहरुले भाषण गरेका थिए । झडपका क्रममा घाइतेलाई लिन पठाएको एम्बुलेन्समाथि आक्रमण हुँदा चालक घाइते भएको शर्माले बताए ।‘सो गाडीमा नागरिक समाज र पत्रकारहरु सवार थिए । त्यसको चालक घाइते हुनुभएको छ । गाडी तोडफोड भएको छ,’ शर्माले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports