सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोखरामा राजेन्द्र लिङदेनको गर्जन, राजालाई निर्मल निवास बाट नारायणहिटी दरबारमा ल्याउछौ

533
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट डोहोर्‍याएर नारायणहिटी पुर्‍याउने उद्घोष गरेका छन् । उनले कांग्रेस र एमालेलाई आत्मालोचनासहित नवीन समझदारीमा आउन आह्वान गरे ।

आज पोखरामा राप्रपाले आयोजना गरेको विरोधसभामा बोल्दै लिङदेनले पूर्वराजा ज्ञानेन्द्रले हालै गरेको आह्वानलाई सबै जनताले साथ दिनुपर्नेमा जोड दिए ।उनले भने, ‘राजाको सन्देश आएको छ । जनताले राजाको यो आह्वानलाई साथ दिएर अगाडि आउनुपर्ने समय आयो । म राजनीतिक दलहरुलाई पनि आह्वान गर्न चाहन्छु । ए कांग्रेस, एमाले र माओवादीहरु १ तपाईंहरुले हिजो राम्रै विचारले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता ल्याउनुभयो होला । तर, दुई दशकको अभ्यासपछि अब यो व्यवस्थाले देश चल्दैन भन्ने तपाईंहरुलाई पनि लागिसक्यो । त्यसैले अब आत्मालोचना गर्नुस । देशले थप द्वन्द्व थेग्न सक्दैन । राप्रपाले द्वन्द्व र रक्तपात चाहँदैन । त्यसैले शान्तिपूर्ण बाटोबाट सम्झौताबाट देशको समस्या समाधान गरौं । आउनुस नवीन समझदारी गरौं ।’

आफूहरूले पछाडि फर्किने कुरा नगरेको लिङदेनले बताए । हिजो र आजका राम्रा कुराहरू समेटेर सबै पक्ष अटाउने व्यवस्थामा जानुपर्ने उनको मत छ ।लिङदेनले थपे, ‘हामी पछाडि फर्किने होइन । राजाको चाहना पनि पछाडि फर्किने होइन । हामी सबैको निष्कर्ष देश यही स्थितिमा रहिरहन सक्दैन भन्ने हो । अब हिजोका पनि राम्रा कुराहरु र आजका पनि राम्रा कुराहरु समेटेर नयाँ समझदारी गरौ. । राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्था निर्माण गर्न सकिन्छ ।’राजाको अभिभावकत्वमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने प्रस्ताव उनले अघि सारेका छन् । यो विश्वमै एउटा मौलिक प्रयोग हुने उनको भनाइ छ ।

‘एउटा-एउटा कुरा होइन, अब व्यवस्था नै परिवर्तन गरौं । अभिभावकीय संस्थाको रुपमा राजालाई राख्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने । यो तपाईंहरुले स्वीकार गर्नुभएन भने राप्रपाले काठमाडौं केन्द्रीत आन्दोलन गर्छ,’ लिङ्देनले भने ।उनले अगाडि थपे, ‘निर्मल निवास र नारायणहिटीको दुरी कति छ ? जसरी तपाईंहरूले राजालाई जबरजस्ती विस्थापित गर्नुभयो, हामी निर्मल निवासबाट डोहोर्‍याएर नारायणहिटीबाट पुर्याउन तयार छौं । त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन । यसलाई सामान्य कुरा नसम्झिनुहोला ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports